टाइम्स स्क्वायरमा आप्रवासीका कथा भन्ने फोन बुथ


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

न्युयोर्कको टाइम्स स्क्वायरमा आप्रवासीबहरुका कथा भन्ने फोन बुथहरु पुन सकृय बनाइएको छ । त्यस्ता फोनबुथहरु आगामी सेप्टेम्बर ५ सम्म रहने छन् । अस्थायीरुपमा राखिएका त्यस्ता फोनबुथहरुमा रिसिभर उठाएर जोसुकैले पनि आप्रवासीहरुका व्यक्तिगत कथाहरु सुन्न सक्नेछन् ।

अमेरिकामा बसाईसराई गरेकाहरुका व्यक्तिगत कथाहरु फोनको रिसिभर उठाएर सुन्न सकिनेछ । जसका लागि टाइम्स स्क्वायरमा तीनवटा बुथहरु राखिएको छ । बंगालादेशदेखि गाम्बियासम्म यमनदेखि चाइनासम्मका ७० जना आप्रवासीहरुका कथाहरु रेकर्ड गरेर फोनबुथमा सुन्नसकिने व्यवस्था मिलाइएको छ ।

विश्वमा अन्य देशका तुलनामा अमेरिकामा सबैभन्दा धेरै आप्रवासीहरु छन् । अधिकांश आप्रवासीहरु अमेरिकाका २० वटा शहरहरुमा बस्दै आएका छन् । त्यसमध्ये पनि लस एन्जलस, न्युयोर्क र मायामीमा बस्ने आप्रवासीहरुको संख्या निकै ठूलो छ । तपाईपनि सुन्ने होइन त टाइम्सस्क्वायरका फोनबुथमा आप्रवासीहरुका कथा ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com