छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला..


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

-दीपेन्द्र ढुंगाना (तस्विर सहित)

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला…….

असार । किसानका लागि व्यस्त महिना । व्यस्तताको पर्यायबाचीका रुपमा पनि प्रयोग गरिन्छ असार । ‘मानो रोपेर मुरी उब्जाउने’ समय हो असार । असारको सुरुवातदेखि नै वर्षात भएकाले देशैभर धान रोप्ने चटारोले किसानलाई छपक्कै छोपेको छ ।

गत वर्षभन्दा यस वर्ष वर्षा छिटै भएकाले रोपाई छिटो भएको हो । गत वर्ष मनसुन ढिला हुँदा रोपाई पनि ढिलो सकिएको थियो । नेपालमा रोपाईको याम सुरुवात हुँदा त्यहाँ पुग्ने विदेशी पर्यटकहरु पनि रमाउने गर्छन् । असारको १५ त नेपालमा विशेष पर्वको रुपमा नै मनाउने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com