मविन्द्र र मेलिनाको तर्की !


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

काठमाडौँ । गायक मविन्द्र राई र गायिका मेलिना राईले तेस्रो पटक एकसाथ स्वर दिएको “तर्की तर्की” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मविन्द्र राईको शब्द–संगीत रहेको उक्त गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । भिडियोमा बरुण जंग लिम्बु र अनु राई फिचरिङ छन् ।
युवा पुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक भिडियोलाई सुल्तान इदिङगोले निर्देशन गरेका हुन् भने क्यामेरा पनि उनले नै चलाएका हुन् ।

“यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र सार्वजनिक “तर्की तर्की”  बोलको गीतलाई दर्शक, स्रोताहरुले रुचाउनेमा विश्वस्त छन् । यसअघि मेलिना र मविन्द्रको आवाजमा रहेको “माया जालै” बोलको गीत हिट भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com