ओलीले भने-बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मत ल्याएको विषयमा टिप्पनी गरेका छन् ।

‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ओलीले भने ।
पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने समेत बताए ।

कांग्रेसले प्राप्त गरेको मत बढि भएको महासचिव र्इश्वर पोखरेल सहित बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै भने ।
सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेकोले एमालेले अझै मेहनत गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे ।
नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका हुन् ।

बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए ।
नेपा काङ्ग्रेसको  पकेट क्षेत्र  मानिन्थ्यो  । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले  जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com