झरीमै तानियो रथ


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

बिहिबारको झरीमा पनि  रोतो मत्स्येन्द्रनाथको रथ तानेर लगनखेल लगिएको छ । झरीको कुनै प्रवाह नगरी रथ पाटनको सुन्धाराबाट लगनखेल लगिएको हो ।

एक हजार ६ सय बर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गो दान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ ।

लगनखेलको जात्रा सकिएपछि साइत हेरेर रथ जावलाखेल ल्याइन्छ। जावलाखेलमा रथ ल्याएको चार दिनपछि मच्छिन्द्रनाथको भोटो देखाएर मच्छिन्द्रनाथ जात्रा समापन गरिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com