न्युयोर्कका ट्राभल एजेन्सीबीच नेपाली कन्सुलेट जनरलले अन्तरकृया गर्ने


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

न्युयोर्क र आसपासका क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुबीच न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलले अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । अमेरिकाबाट नेपाल जानेहरुको टिकट काट्ने ट्राभल एजेन्सीहरुलाई लक्ष्यीत गरेर कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपाली कन्सुलेट जनरल न्युयोर्कले न्युयोर्क, न्युजर्सी, बोष्टन, कनेक्टिकट लगायतका क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसका लागि ट्राभल एजेन्सीहरुलाई [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैबीच न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलले ब्राण्ड न्यू वेवसाइटको सुरुवात गरेको छ । सजिलै नेभिगेशन गर्न सकिने, नेपालबारे प्रयाप्त जानकारी, कन्सुलेटले दिने सेवाबारे स्पष्ट जानकारी लगायतका सुविधा सहित नयाँ वेवसाइट सुरु गरिएको छ । नयाँ वेवसाइट हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com