ग्लोबल नेपाल फेस्ट डीसी २०१७ सफलता पूर्वक सम्पन्न 


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

बिजय थापा,वाशिंगटन डिसी
 
अप्रिल १६ ,भिन्तुना ईनटरनेसनल(अन्तर राष्ट्रिय)को आयोजना गरेको ग्लोबल नेपाल फेस्ट २०१७ डीसी नामक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ l उक्त महत्सवमा नेपाल झल्काउने कार्यक्रम को साथै चित्रकला प्रदर्शन ,योगा तथा ध्यान सत्र सहित उत्सव विविध कार्यक्रमको साथ सम्पन्न भएको छ l 
 
मेडिटेसन सेसन (ध्यानसत्र )बिहान ११ :३० मिनेटमा सुरु गरिएको थियो भने योगा कार्यक्रम १२:३० मा आयोजना गरिएको थियो l कार्यक्रममा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन l 
 
नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा आदि ईत्यादी लाई प्रबर्धन गर्ने हेतुले उत्सवको आयोजना गरिएको आयोजक को तर्फ बाट सुरेश सापकोटाले बताए l सापकोटाले यसलाई निरन्तरता दिने छौ भन्दै आगामी अप्रिल २९ तारिख बाल्टिमोरमा पनि यस्तै कार्यक्रम गरिने बताए l 
 
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न उक्त उत्सवमा नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )मेरिल्याण्ड इन्डियन हेड नगर पालिकाका नेपाली मूलका निर्वाचित उप नगर प्रमुख किरण सिटौला ,गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिना लगायत अन्य संघ/संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो l एक अमेरिकन नागरिक जस्ले आफु नेपाल जाँदा खिचेका तस्बिरहरु समेत उत्सवमा ल्याएर प्रदर्शन समेत गरेका थिए l 
 
उक्त उत्सवमा चित्रकला प्रदर्शनीमा नेपाली मूलका कलाकारहरुमा राजेन्द्र केसी ,एरिना ताम्राकार ,आशा डंगोल ,सागर मानन्धर ,रबिता केसी ,दिभा प्रधान ,किरण मानन्धर ,सम्झना राज भण्डारी ,चन्द्र श्रेष्ठ तथा कृष्ण गोपाल रंजित सहभागी भएका थिए भने कलाकार राजेन्द्र केसीले प्रत्यक्ष चित्र बनाएका थिए l 
 
उत्सवमा नेपाली व्यवसायी ,गैर मुनाफा सामाजिक संस्था ,नेपाली पाठशाला अफ भर्जिनिया ,एनपीपीए लगायत डीसी महानगर क्षेत्रका संघ/संस्थाले आफ्नो प्रदर्शन कक्ष समेत राखेका थिए l नेपालका हस्तकलाका सामग्री ,बौद्ध स्तुप ,पशुपतिनाथ मन्दिर आदि ईत्यादी पनि सजाइएको थियो l नेपाली मौलिक मादलको साथै नेवा समुदायको महिला समुहले नृत्य प्रस्तुति गरेको थियो भने कलाकार श्याम नेपालीले मादलको साथमा सारंगी बजाएका थिए l 
 
सन् २०१३ मा ग्लोबल नेपाल फेस्ट वाशिंगटन डिसीमा अभूतपूर्व सफलताको साथ सम्पन्न गर्दै बिदेशीहरुलाई नेपालको चिनारी गराउन सफल भएको थियो l
 
भिन्तुना ईनटरनेसनलको मुख्य उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु रहेको छ
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com