बैशाख स्नान गर्नुहोस् बालाजुको २२ धारामा (फोटो फिचर)


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

बालाजुको २२ धारामा  बैशाख स्नान चलिरहेको छ । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् । बैशाख महिनामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने तथा पाप पखालिने विश्वास छ ।

पूरैमहिना बैशाखस्नान गर्न नसक्नेहरुले बैशाखको अन्तिम पाँचदिन लगातार स्नान गरेपनि अक्षय फल प्राप्त हुने विश्वास छ । बैशाखस्नानका क्रममा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले बालाजु बाइसधारामा पुगेर खिचेका केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com