नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । सेप्टेम्बर ४ मा सम्पन्न नाशाको १३औं अधिवेशनले अध्यक्ष ढकाल सहित २ बर्षका लागी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नर्थ क्यारोलीना निवासी व्यवसायी तथा ब्यांकर ढकालले जर्जीया निवासी शैलेन्द्रृ बज्राचार्यलाइ ३२० का विरुद्ध ४०९ भोटले पराजीत गरेका थिए । विगत २ दशकदेखि अमेरिका बस्दै आएका ढकाल करिब १ दशकदेखी नाशाको विभिन्न तहमा रहि काम गर्दै आएका थिए । “यो मेरो निजी अनुभव र समुदायकोे साथले सम्भव भएको हो” जीत पछि ढकालले भने, “ समुदायको विश्वास जितेर काम गर्नेछु ।” अमेरिकामा रहेका नेपालीहरुको पुरानो र प्रतिष्ठित यस संस्थामा विभिन्न चुनौतीहरुका विच विजयी ढकालले राजनीतिक प्रभाव रहित नाशा निर्माणलाइ आफ्नो मुख्ख चुनावी मुद्धा बनाएका थिए । प्रतिष्ठित समाजसेवीको पहिचान बनाएका ढकाल आफ्नो कार्यकालमा नाशालाइ एक उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने योजनामा छन् । “नाशाको मुल उदेश्य विभिन्न सामुदायीक संस्थासंग हातेमालो गर्दै नेपाली कला, संस्कृतीको प्रवर्धन गर्नु हो, मेरो स्पस्ट योजनाहरु छन् ” ढकालले भने ।


नाशाको कार्यकारि उपाध्यक्षमा सुशील नेपाल विजयी भएका छन् भने उपाध्यक्षमा अम्बिका लोहनी शर्माले बाजी मार्नु भएको छ । त्यसैगरि महासचिवमा कृष्णलाल श्रेष्ठ र कोषध्यक्षमा डा. निर्मल पौडेल निर्बाचित भएका छन् । मोहन विष्टलाइ सहसचिवमा निर्बाचित गरेको अधिवेशनले १५ जना सदस्यहरु पनि चयन गरेको छ जसमा मनोज झा, डा.ठाकुर कार्की, विशाल भारती, नमीता घिमिरे, डा.अरुण श्रेष्ठ, भिमप्रसाद तिमल्सिना, प्रसीम पोडेल, र डा.बनीता केसी रहेका छन् । त्यसैगरि अन्य सदस्यहरुमा रमा धिमिरे, मनिष शाक्य, चेत भट्टराइ, पामी ढुंगाना, कृष्णराज देवकोटा, विनय अर्याल र डा.सुमन सिल्वाल रहेका छन् । निर्वाचनमा कुल ५६ प्रतिशत मत खसेको थियो ।
सन् १९९१ मा स्थापना भएको नाशाले नेपाली कला, संस्कृतीको प्रवर्धनको अलावा, नेपाली पाठशाला संचालन, सामुदायीक भवन निर्माण जस्ता कार्यलाइ विशेष महत्वका साथ अधि बढाउदै आएको छ । ढकालको कार्यकालमा यो अभियानले तिब्रता पाउनेमा अधिकांश सामुदायीक अगुवाहरु निश्चिन्त छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com