खुशी छैनन् न्यून आयमा गलैचा बुन्ने खोकनाका महिला

– दीपेन्द्र ढुंगाना

ललितपुरको खोकनाका महिलाहरु दिनभर गलैचा बुन्छन् । एउटा गलैचा तयार हुन एकमहिना लाग्छ । तर गलैचाको मूल्य ६ हजार मात्र ।

गलैचा बुन्ने धागो बनाउन दिनभर चर्खा चलाउनुपर्छ । एककिलो धागोको मूल्य १ सय ५० रुपैया पर्छ ।

परम्परागत रुपमा गलैचा बुन्दा हुने न्यून आयआर्जनबाट खुशी छैनन् खोकनाका महिलाहरु ।

आय आर्जन बढाउन पुस्तौंदेखि खोकनाबासीले गर्दै आएको यो काममा आधुनिकिकरण हुन जरुरी छ ।

उचित बजारभाउ र गलैचा निर्माणमा आधुनिकिरण हुनसके आयआर्जन बढ्ने देखिन्छ ।

शनिबार, चैत्र २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook