कलाकारदेखि पूर्वयुवराजसम्म ड्रगको नशामा

– नवराज मैनाली / नयाँ पत्रिका

नारायणटारका २२ वर्षीय सञ्जीव श्रेष्ठको परिवारलाई नपुग्ने केही छैन । १०–१२ वटा गाडी छन्, व्यापार राम्रो चलेको छ । तैपनि परिवारमा ठूलो तनाव छ । कारण सञ्जीवले विगत १० वर्षदेखि लागुऔषध सेवन गर्दै आएका छन् । दुव्र्यसनबाट छुटाउन उनको परिवारले के मात्र गरेन ? २–३ वटा पुनस्र्थापना केन्द्रमा राखे । उनका सबै इच्छा पूरा गरिदिए । तैपनि परिवारको केही लागेन । पुनस्र्थापना केन्द्रबाट निस्किएपछि उनी झन्–झन् दुव्र्यसनमा फस्दै गए । आफ्नै साथीहरूलाई लागुऔषध बिक्री गरिरहेको अवस्थामा गत ४ चैतमा पक्राउ परेका उनी अहिले प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा बसेर पश्चात्ताप गर्दै छन् । सञ्जीवजस्तै ड्रगका कारण प्रताडित परिवार उपत्यकामा मात्र करिब ६० हजार छ । देशभरि करिब २ लाख युवा दुव्र्यसनीमा फसेको सरकारी अनुमान छ ।

 

कलाकारदेखि पूर्वयुवराजसम्म

 

पूर्वराजपरिवार पूर्वयुवराज पारस साहका कारण तनावमा छ । पारस अझै पनि परिवारबाट टाढा बस्दै आएका छन् । यसको प्रमुख कारण उनमा रहेको लागुऔषधको लत हो । उनी २–२ पटक थाइल्यान्डमा लागुऔषधसहित पक्राउ परे । सोही प्रकरणपछि उनी थाइल्यान्डबाट नेपाल आए, तर हालसम्म पनि परिवारस“ग सम्बन्ध राम्रो हुन सकेको छैन । दुव्र्यसनकै कारण उनको पहिलेदेखि नै परिवारस“ग राम्रो सम्बन्ध थिएन । पारस पहिलेजस्तो नियमित लागुऔषध त सेवन गर्दैनन्, तर उनको बानी पूर्णरूपमा हटिनसकेको स्रोत बताउँछ ।

०६९ को माघमा गायक सुगम पोखरेल लागुऔषधसहित पक्राउ परे । लागुऔषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेको थियो । त्यसवेला सुगम नियमित रूपमा लागुऔषध सेवन गर्थे । त्यो घटनापछि आफू ड्रगको दुनिया“बाट टाढिएको सुगम बताउँछन् ।

त्यस्तै, अर्का कलाकार तैयब शाहलाई समेत प्रहरीले लागुऔषध सेवनको आरोपमा पक्राउ गर्‍यो । गायक कुल पोखरेल पनि दुव्र्यसनी थिए । ओभर डोजकै कारण उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको थियो । नेपालमा अरू पनि धेरै कलाकारले लागुऔषध प्रयोग गर्दै आएको स्रोत बताउँछ । ‘भिआइपी परिवारका धेरै व्यक्ति दुव्र्यसनमा लागेका छन्,’ इन्स्पेक्टर कृष्ण पनेरू भन्छन्, ‘गरिबभन्दा प्रायः मध्यम र धनी वर्गकै छोराछोरी दुव्र्यसनीमा लागेका छन् ।’ गत भदौमा इन्जिनियरद्वय नवीन बास्तोला र महेश गौरे लागुऔषधसहित भैरहवामा पक्राउ परे । दुव्र्यसनीबाट उनीहरू कारोबारी बनेका थिए ।

 

८० प्रतिशत युवा

 

१२–१३ वर्षको उमेरदेखि नै किशोर–किशोरी दुव्र्यसनीमा लाग्ने गरेका छन् । सन् २०१५ मा भएको एक अनुसन्धानका अनुसार दुव्र्यसनमा लागेकामध्ये करिब ८०% युवा छन् । अनुसन्धानको तथ्यांकअनुसार १५ भन्दा कम उमेरमै १ हजार ७ सय ६९ जना दुव्र्यसनमा लागेका छन् । त्यस्तै, १५ देखि १९ वर्षका २५ हजार १ सय ५५, २० देखि २४ वर्षमा ४१ हजार ९ सय ६७ तथा २५ देखि २९ वर्ष उमेरका २८ हजार ३ सय १५ जना दुव्र्यसनीमा फसेका छन् । सबै दुव्र्यसनीमध्ये ३० वर्षभन्दा कम उमेरकै ८० प्रतिशत रहेको तथ्यांक छ । २ वर्षअघिको अनुसन्धानमा १ लाख २६ हजारजना दुव्र्यसनमा लागेको देखिएको थियो । अहिले बढेर २ लाखको हराहारीमा पुगिसकेको प्रहरी अधिकारीहरूको अनुमान छ । २०६३ सालमा गृह मन्त्रालयले गरेको रिसर्चमा नेपालमा ४६ हजार ३ सय १० मात्र लागूऔषध दुव्र्यसनीहरू थिए ।

‘१४ देखि २५ वर्ष उमेर समूहबीचका युवायुवती दुव्र्यसनमा लाग्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ,’ लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसएसपी धीरु बस्नेत भन्छन्, ‘यो उमेरमा बढी जिज्ञासु हुने र लहैलहैमा लाग्ने भएकाले युवापुस्ता लागुऔषधको उच्च जोखिममा छ ।’ पढ्ने र करिअर सुरु गर्ने उमेरमा नै ठूलो संख्यामा युवा दुव्र्यसनको दुनियाँमा लागेपछि देशको महत्वपूर्ण मानवस्रोत नै धक्का लाग्ने स्थिति आएको छ । दुव्र्यसनमा लागेपछि उनीहरूले पैसा मात्र सिध्याउँदैनन्, गम्भीर रोगको सिकारसमेत हुने गरेका छन् ।

 

कारोबारीको जालो स्कुल कलेजमा

 

गृह मन्त्रालयले २०६९ मा गरेको रिसर्चअनुसार कुल दुव्र्यसनीमध्ये २२ प्रतिशत स्कुल–कलेजका विद्यार्थी छन् । स्कुल–कलेजका विद्यार्थीलाई लक्षित गरी कारोबारीले लागुऔषधको सञ्जाल विस्तार गरेको प्रहरी अधिकारी बताउँछन् । स्कुल र प्लस टु तहमा अध्ययनरत विद्यार्थी सजिलै कुलतमा फस्न सक्ने भएकाले उनीहरूले तिनै विद्यार्थीलाई आफ्नो टार्गेटमा पार्ने गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक कृष्ण पनेरू बताउँछन् । अझ धनी परिवारका छोराछोरीलाई उनीहरूले आफ्नो जालोमा पार्न खोज्छन् । ‘लागुऔषधको कारोबारमा धेरै पैसा छ,’ एसएसपी बस्नेत भन्छन्, ‘सोही कारण उनीहरूले योजनाबद्ध रूपमा आफ्नो जालो फैलाउने गरेका छन् ।’ त्यसैले अभिभावक र स्कुल–कलेजले पनि विद्यार्थीमाथि विशेष निगरानी राख्नुपर्ने प्रहरी अधिकारी बताउँछन् । स्कुल–कलेजमा लागुऔषधको जोखिमबारे कोर्स नै राख्नुपर्ने अवस्था आइसकेको प्रहरीको भनाइ छ । दुव्र्यसनमा लागेकामध्ये धेरैजना ‘कस्तो हु“दोरहेछ हेरौँ न त’ भन्ने जिज्ञासा मेट्न खोज्दा लागुऔषधको दलदलमा फस्ने गर्दछन् । लागुऔषध सेवन गर्दा आनन्द भएको महसुस गर्छन् र उनीहरूमा लत बस्ने गरेको छ । यदि सुरुमै यसबारे शिक्षा दिन सके उनीहरू जोगिने सम्भावना धेरै हुन्छ ।

खासगरी सधैँ व्यस्त रहने बाबुआमाका छोराछोरी यस्तो कुलतमा फसेका छन् । छोरीछोरीलाई जति पनि पैसा दिने, तर उनीहरू के गर्दै छन् भन्ने नहेर्ने परिवारका सन्तान ड्रगमा लाग्ने जोखिम धेरै रहेको प्रहरी बताउँछ । एमबिबिएस र इन्जिनियरिङका विद्यार्थीसमेत पटक–पटक पक्राउ परेका छन् । हरेक अभिभावकको सन्तानमाथि ठूलो सपना हुन्छ । तर, कतिपय अभिभावकका लागि लागुऔषधबाट मुक्त गराउनु नै सबैभन्दा ठूलो सपना बन्न थालेको छ ।

त्यस्तै, होस्टेलमार्फत पनि लागुऔषधको कारोबार फस्टाउँदै गएको लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी अपिलराज बोहोरा बताउँछन् । होस्टेलमा सेवन गर्न सजिलो हुने भएकाले साथी संगतबाट छिट्टै फैलने गर्दछ । वेलावेला प्रहरीले होस्टेलबाट समेत लागुऔषध बरामद गर्दै आएको छ । सामान्य परिवारदेखि उच्च व्यावसायिक घरानाका युवायुवतीसमेत लागुऔषधको दुव्र्यसनीमा फस्दै गएको प्रहरी अधिकारी बताउँछन् । तर, राज्य तथा अभिभावक कसैले पनि यसमा चासो दिए भ्याएका छैनन् ।

 

कारोबारीको मास्टरप्लान, सरकार योजनाविहीन

 

लागुऔषध विश्वकै सबैभन्दा धेरै पैसा भएको संगठित अपराध हो । विश्वकै लागि यो ठूलो चुनौती बनिसकेको छ । विश्वका शक्ति राष्ट्रहरू विस्तृत योजनासहित कारोबार र दुव्र्यसन रोक्न लागिपरेका छन् । तर, नेपाल सरकारले भने लागुऔषधको कारोबार तथा दुव्र्यसन रोक्न कुनै योजना बनाएको छैन । न सरकारले लागुऔषधको असरबारे शिक्षा दिने गरेको छ, न त उपचारमै चासो दिएको छ । जसले गर्दा नेपालमा दिनप्रतिदिन दुव्र्यसन भयावह बन्दै गएको हो । गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा भए पनि उसले २–४ वटा सचेतनात्मक कार्यक्रमबाहेक केही गर्न सकेको छैन ।

नार्काेनन नेपाल नामक पुनस्र्थापना केन्द्र चलाउँदै आएका नेपाल प्रहरीका पूर्वएसएसपी वसन्त कुँवर दुव्र्यसनी रोक्न सरकारले पहिला योजना बनाउनुपर्ने बताउँछन् । ‘पहिलो काम नखाएको मान्छेलाई शिक्षा दिएर खानबाट रोक्नुपर्छ,’ उनी भन्छन्, ‘दोस्रो काम खाएका मान्छेहरूको पहिचान गरी उपचार गर्नुपर्छ ।’

त्यस्तै, उपचारबाट फर्किएकालाई समाजमा पुनस्र्थापना र कारोबारीहरूलाई कारबाही भए मात्र लागुऔषधको जालो तोड्न सकिने उनको बुझाइ छ । ‘अहिले प्रहरीले कारोबारीलाई पक्राउ गर्नेबाहेक केही काम हुन सकेको छैन, अनि कसरी नियन्त्रण हुन सक्छ ?’ उनी प्रश्न गर्छन् । इजरायलमा लागुऔषध नियन्त्रणका लागि प्रधानमन्त्रीकै नेतृत्वमा काम भइरहेको छ । फिलिपिन्समा त लागुऔषध नियन्त्रणका लागि दुव्र्यसनीहरूलाई सरकारले नै मार्ने अभियान चलायो । फिलिपिन्सबाट पनि थाहा हुन्छ विश्वमा लागुऔषध कति जटिल समस्या बन्दै गएको छ ।

 

पुनस्र्थापना केन्द्रमा ११ सय

 

हाल देशभरि एक सय ८६ वटा लागुऔषध पुनस्र्थापन केन्द्र छन् । जसमध्ये अधिकांश पूर्वदुव्र्यसनीले खोलेका छन् । ती केन्द्रमा एक हजार १ सय दुव्र्यसनीहरूले उपचार गराइरहेका छन् । करिब २ लाख दुव्र्यसनी भएकोमा एक हजार मात्र उपचारमा संलग्न छन् । उपचारमा राज्यले कुनै सहयोग नगर्ने र पुनस्र्थापन केन्द्रमा उपचार गर्न महँगो हुने भएकाले कतिपय परिवारले लागुऔषधको कुलतमा फसेकाहरूलाई पुनस्र्थापना केन्द्र पठाउन सक्दैनन् । पुनस्र्थापना केन्द्रलाई सरकारले कुनै सहयोग नगरेको नार्काेनन नेपालकी प्रबन्ध निर्देशक पूजा कुँवर बताउँछिन् ।

 

सरकार नै खुवाउँछ लागुऔषध

 

दुव्र्यसनीहरूलाई सरकारले नै लागुऔषध खुवाउँछ भन्दा विश्वास नलाग्न सक्छ, तर यो वास्तविकता हो । कडा लागुऔषधबाट छुटाउन सरकारले कम हानि हुने लागुऔषध दिने गर्छ । विदेशी सहयोगमा त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालबाट दुव्र्यसनीहरूलाई यस्तो लागुऔषध दिइने गरिन्छ । यस्तो लागुऔषधको दुरुपयोग हुने गरेको आशंका प्रहरी अधिकारीको छ ।

 

मेडिकल ड्रग नियन्त्रणबाहिर

 

नेपालमा दुव्र्यसनीहरूले मेडिकल ड्रग, ब्राउन सुगर, चरेश, गाँजा लगायतका लागूऔषध प्रयोग गर्दछन् । नेपालमा ८० प्रतिशत दुव्र्यसनीले मेडिकल ड्रग प्रयोग गर्दै आएका छन् । नेपालमै उत्पादन हुने गाँजा र चरेसका दुव्र्यसनीहरूसमेत धेरै छन् । त्यस्तै ब्राउनसुगरका कारोबारीसमेत बढ्दै छन् । ब्राउनसुगर पनि भारतबाटै आउने गर्दछ । ब्राउनसुगर महँगो पर्ने भएकाले थोरैले मात्र प्रयोग गर्छन् । नेपालमा एक ग्राम ब्राउनसुगरको मूल्य करिब २ हजार ५ सय रुपैयाँ पर्दछ । एक ग्रामको तीन डोज बनाएर दुव्र्यसनीहरू प्रयोग गर्ने गर्छन् । आइस ड्रग, याबालगायतका विश्वमा प्रचलित लागुऔषधसमेत नेपालमा भित्रन थालेको छ । कोकिन भने नेपालमा ट्रान्जिट भएर भित्रिए पनि दुव्र्यसनीसम्म भने पुगिसकेको छैन ।

 

भारतले किन सहयोग गरेन ?

 

गत भदौको अन्तिम साता नेपाल र भारतबीच गृहसचिवस्तरमा भएको वार्तामा सीमा नाकाहरूमा ड्रग इन्स्पेक्टर राख्ने सहमति भएको थियो । भारतबाट ठूलो मात्रामा लागुऔषध भित्रिएपछि त्यसलाई रोक्न यस्तो योजना बनाइएको थियो । तर, ड्रग इन्स्पेक्टर राख्नका लागि अहिलेसम्म दुवै देशले कुनै पहल गरेका छैनन् । कुनै समय विश्वमा शत्रु देशलाई कमजोर बनाउन त्यो देशमा लागुऔषध तस्करी हुन्थ्यो । पश्चिमा देशहरूले अफगानिस्तानबाट आफ्नो देशमा लागुऔषध तस्करी गरेको आरोप रसियाले लगाउँथ्यो । ‘कतै अहिले भारतले पनि नियोजित रूपमा नेपालमा लागुऔषध पठाएको त होइन ?’ तराईको एक जिल्लामा कार्यरत प्रहरी प्रमुख प्रश्न गर्छन् । किनकि सीमामा कार्यरत भारतीय सुरक्षा अधिकारीले नेपालतर्फ हुने नियन्त्रित लागुऔषध ओसारपसार रोक्न कुनै चासो नै नदिएकाले पनि यस्तो आशंका गर्न थालिएको हो । दुई देशबीचको सुरक्षा बैठकमा हरेकपटक यो विषय प्रमुखका साथ उठेपछि कार्यान्वयन भने केही भइरहेको छैन ।

नियन्त्रित लागुऔषधहरू औषधि कम्पनीमै बन्ने हुन् । बिक्रीको पूर्ण रूपमा रेकर्ड र कागजपत्र राखेर मात्र बिक्री गर्नुपर्छ । तर, सीमा क्षेत्रका भारतीय बजारमा सजिलै नियन्त्रिण लागुऔषधको कारोबार हुन्छ । खरिदको त्यही सहजताले नेपालमा लागुऔषधको कारोबार र दुव्र्यसन बढेको प्रहरी अधिकारी बताउँछन् । स्रोतमा नियन्त्रण गर्न नसक्दा आफूहरूले नेपालमा जति पक्राउ गरे पनि कारोबारलाई घटाउन नसकेको प्रहरीको भनाइ छ । रक्सौललगायत भारतीय बजारहरूमा अन्य औषधि जस्तै नियन्त्रित लागुऔषधसमेत खुलेआम बिक्री हुने गरेको छ ।

औषधि पसलबाट हुन्छ कारोबार

 

नेपालमा दुव्र्यसनीहरूले प्रयोग गर्ने लागुऔषध औषधि पसलहरूबाटै बिक्री हुन्छ । बुपे्रनफ्रिन डाइजेपाम र फेनारगन औषधि पसलबाटै बिक्री हुने औषधि हुन् । यी दुखाइ कम गर्ने औषधि हुन् । जुन चिकित्सकको प्रेस्क्रिप्सनअनुसार मात्र बिक्री गर्न पाइन्छ । तर, पैसा कमाउने लोभमा राजधानीका औषधि पसलेहरूले लागुऔषध दुव्र्यसनीहरूलाई यस्तो औषधि बिक्री गर्दछन् । सामान्यतया यस्तो औषधिको सेटको एक सय रुपैयाँ पर्नेमा औषधि पसलेहरूले दोब्बर मूल्य लिएर दुव्र्यसनीलाई बेच्छन् । जबकि अवैध बजारमा त्यही औषधि एक हजार ५ सय रुपैयाँसम्म कारोबार हुन्छ । फेनारगन भने सिरिन्ज दिएको ठाउ“मा एलसी रोक्नका लागि प्रयोग हुन्छ ।

त्यस्तै, लागुऔषध दुव्र्यसनीहरूले सेवन गर्ने फेन्डिसिल, फेन्कोडिन, कोरेन्स खोकीका औषधि हुन् । चिकित्सकको सिफारिसमा मात्र औषधि पसलेहरूले बिरामीलाई बिक्री गर्न पाउँछन् । तर, नक्कली सिफारिसका आधारमा समेत यस्ता औषधि बिक्री हुने गरेको छ । वेलावेलामा प्रहरीले औषधि पसलेहरूलाई पक्राउ गरी कारबाहीसमेत गर्छ । तर, नियमित चेकजाँच नहुने भएकाले औषधि पसलेहरूले नियन्त्रित औषधिको दुरुपयोग गर्दै आएका छन् । २९.७ प्रतिशत दुव्र्यसनीले मेडिकल स्टोरहरूबाट किन्ने गरेको बताउने गरेका छन् । त्यस्तै कारोबारी र अन्य स्रोतबाट पनि खरिद–बिक्री हुने गर्दछ ।

 

नशामा अपराध

 

गत ५ फागुनमा न्युरोडका व्यापारी श्यामसुन्दर अग्रवालको अपहरण भयो । अग्रवालकै पसलमा काम गर्ने राधिका श्रेष्ठलाई प्रयोग गरी अग्रवालको अपहरण भएको थियो । अपहरण गरेर फिरौती असुलिएपछि श्रेष्ठको हत्या गरियो । उक्त अपहरण राधिकाको हत्यामा संलग्न बागेश्वरीका किशोर गिरी र सरोज घोरासैनेलाई गत हप्ता प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेका गिरी लागुऔषध दुव्र्यसनी हुन् । दुव्र्यसनकै कारण उनी सजिलै अपराधमा लागे । बागेश्वरीका प्रकाश लामिछानेले उनलाई सजिलै अपराधमा लगाए ।

राजधानीमा लागुऔषध दुव्र्यसनीबाट भएका धेरै घटना छन् । सामान्य चोरीदेखि हत्यासम्मका घटना लागुऔषधको नशामा भएका छन् । गत पुस २७ गते बाफलमा नेपाली सेनाका लेसनायक युवराज घिमिरेको हत्या भयो । दुव्र्यसनमा फसेको एक समूहले लागुऔषध खान पैसा नहुँदा घिमिरेलाई लुटपाट प्रयास गरेको थियो । उनले प्रतिवाद गरेपछि ढुंगाले हानेर उनको हत्या गरे । राजधानीमा चोरीमा संलग्नमध्ये अधिकांश लागुऔषध दुव्र्यसनी रहेको महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्की बताउँछन् । लागुऔषध सेवन गरेर उनीहरू चोरी गर्न जान्छन् । लागुऔषधकै नशामा बलात्कारका घटनासमेत बारम्बार भएका छन् ।

 

संगतले फसाउँछ

 

प्रहरीले गरेको सर्वेक्षणअनुसार साथीको संगत दुव्र्यसनीको मुख्य कारण हो । ७८.७ प्रतिशत साथीको संगतका कारण दुव्र्यसनमा लाग्ने गर्दछन् । त्यस्तै, लागुऔषधबारे जिज्ञासु बनेर, पारिवारिक समस्या, पढाइमा असफलतालगायत कारणले पनि दुव्र्यसनमा लाग्ने गरेको अनुसन्धानको तथ्यांक छ । कुनै पनि विषयमा राम्रोसँग सोच्न नसक्ने, साथीहरूको लहलहैमा लाग्ने र जिज्ञासु मनोविज्ञान हुने भएकाले टिनएजरमा युवाहरू बिग्रने सम्भावना धेरै रहेको वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय बताउँछन् ।

उपत्यकामा जेलमा रहेका कैदी/बन्दीमध्ये २२ प्रतिशत लागुऔषधसम्बन्धी अपराधका छन् । जम्मा ४ हजार ४ सय ७६ कैदी÷बन्दीमध्ये ९ सय ६९ जना लागुऔषध मुद्दाका रहेको कारागार कार्यालयहरूको तथ्यांक छ । देशभरिकै कारागारमा सबैभन्दा धेरै लागुऔषध मुद्दाकै कैदीहरू छन् ।

 

साथीकै संगतले बिग्रिएँ (सञ्जीव श्रेष्ठ)

 

 

१२–१३ वर्षको उमेरदेखि नै मैले लागुऔषध सेवन गर्न थालेको हुँ । पहिला गाँजा खान्थेँ, पछि गुटी खान थालेँ, त्यसपछि ट्याबलेट । मेरा धेरै साथीहरू ट्याब खान्थे । उनीहरूकै संगतले म बिग्रिएँ । पछि बुबाआमाले सुधार केन्द्रमा राख्नुभयो । त्यहाँ बस्दा सिरिन्ज हान्ने दाइहरूसँग चिनजान भयो । निस्किएपछि उनीहरूसँगै भेट भयो । बुवाले काम गरोस् भनेर गाडी किनिदिनुभएको थियो । तर, काममा भन्दा यसैमा ध्यान जान थाल्यो । सिरिन्जबाट लागुऔषध लिन थालेँ, दिनमै ३–४ पटकसम्म लिन्थेँ ।

छाड्ने धेरै प्रयास गरेँ, तर सकिनँ । घरमा बस्दा पनि कस्तो–कस्तो लाग्ने । सबैले घृणा गरेकोजस्तो लाग्थ्यो । तिनै साथीहरूलाई नै भेट्न थालेँ । फेरि सुई लगाउन सुरु गरियो । अर्काे एउटा साथीलाई पनि दिएको थिएँ, ऊ पक्राउ परेपछि मेरो नाम पनि भनिदिएछ, त्यसकारण ४ गते म पनि पक्राउ परेँ । अबचाहिँ यो ड्रगबाट टाढा हुन विदेश जाने सोचेको छु । गलत साथीहरूको संगत नै ड्रगमा सबैभन्दा खत्तम हुँदो रहेछ, त्यही भएर म बिग्रिएँ ।

 

म यसरी फसेँ (सोफिया केसी केन्द्रीय कारागार)

 

 

पिपुल्स क्याम्पसबाट बिबिएस गरेपछि क्यानाडा जाने तयारीमा थिएँ । क्यानाडा जाने प्रक्रिया पनि सुरु भइसकेको थियो । १९ भदौ ०६६ को बिहान हो । करिब ११ बजेको थियो । आमा अफिस गइसक्नुभएको थियो । घरमा भाइ र म मात्र थियौँ । भाइ आफ्नै काममा थियो, म ब्राउनसुगरको नशामा मस्त भइसकेकी थिएँ ।

घरको बेल बज्यो । कोही आफन्त आए होला भन्ने ठानेर मैले ढोका खोलेँ । ढोका खुलेलगत्तै ६–७ जनाको समूह एकैपटक भित्र छि¥यो । उनीहरूले आफूलाई प्रहरी भएको बताउँदै खानतलासी सुरु गरे । मैले एक केटी साथीसँगै करिब ३० हजार रुपैयाँमा ५० ग्राम ब्राउनसुगर किनेकी थिएँ । त्यसमध्ये ४६ ग्राम बाँकी थियो । त्यो प्रहरीले भेट्टायो । हत्कडी लगाएर मलाई प्रहरी कार्यालय पु¥यायो, क्यानाडा जाने सपनामा रहेकी म जेलसम्म आइपुगेँ ।

स्कुलदेखि नै मैले गाँजा खान थालेकी होइन । साथीहरूको लहलहैमा पछि ब्राउनसुगर खान थालेँ । म साथीहरूलाई यस्तो खानुहुँदैन भनेर गाली गर्थेँ । एक दिन कस्तो हुन्छ भनेर चाखेको आनन्द आएजस्तो भयो, त्यही दिनदेखि फसेँ । ब्राउनसुगरको लत लागेपछि कहिले आमाको पैसा चोर्ने त कहिले कलेजको फी भनेर मागेर लागुऔषध किन्ने गथेँ । अहिले म लागुऔषध सम्झन पनि चाहन्नँ । साथीहरू कहाँ पुगिसके, आफू भने अब शून्यबाट जीवन सुरु गर्नुपर्नेछ, केही सोच्नै सकिरहेकी छैन । जिन्दगीमा के–के सपना देखेकी थिएँ, लहैलहैमा लागेर मेरो जिन्दगी अन्धकार भयो । ड्रग भनेको यस्तो कुरा हो जसको प्रयोग परै जाओस् सुन्नु पनि पाप हो जस्तो लाग्छ । मेरोजस्तो गल्ती कसैले नगरोस् । सुरुमा तीन महिना केसीलाई हनुमानढोकास्थित हिरासतमा राखिएको थियो । अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जसमध्ये करिब नौ वर्ष पूरा भइसकेको छ । अझै २ वर्ष उनी जेलमै बस्नुपर्नेछ । यो नौ वर्ष एकदमै अत्यासलाग्दो गरी बित्यो । उनी भन्छिन्, ‘संसारलाई म एकदमै मिस गरिरहेकी छु ।’

बुधबार, चैत्र १६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook